aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेपाल एग्रो लघुवित्तको आईपीओमा पहिलो दिन ७ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
नेपाल एग्रो लघुवित्तको आईपीओमा पहिलो दिन ७ गुणा बढी आवेदन

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिननै ७ गुणा बढी आवेदन परेको एसबीआइ क्यापिटलले जनाएको छ । आइतबारदेखि सर्वसाधारणका लागि १ लाख ५१ हजार २ सय कित्ता आइपीओको विक्रि खुला गरेको थियो । 

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गका अनुसार आइतबार ५ बजेसम्म ४८ हजार ९ सय २९ आइपीओको लागि निवेदनबाट ११ लाख २५ हजार ६१० कित्ताको माग गरिएको छ । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल १ लाख ६१ हजार ७७८ कित्ता मध्य २ हजार ४८९ कित्ता कर्मचारीहरुका लागि र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी सर्वसाधारणमा विक्री खुला गरेको हो ।

न्यूनतम १० कित्ता देखि अधिकतम ८ सय कित्ता सम्म आवेदन गर्न सकिने व्यवस्था रहेको यस आईपीओमा छिटोमा बैंशाख ११ र ढिलो जेठ ६ गते सम्मको मिति तोकिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस