aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

साझाका २० वटा युरो ४ नयाँ बस सञ्चालनमा ‘पेमेन्टमा यात्रा कार्ड’ लागू

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • सोमबार, १६ असार २०७६
साझाका  २० वटा युरो ४ नयाँ बस सञ्चालनमा  ‘पेमेन्टमा यात्रा कार्ड’ लागू

काठमाडाैं । काठमाडौं महानगरपालिकाको सहकार्यमा यात्रुको सुविधाको लागि थपेको २० वटा साझा बस आज (सोमबार)बाट सञ्चालनमा आएको छ । युरो ४ मापदण्डका २० वटा नयाँ बसहरू पहिलोपटक नेपालमा सञ्चालन भएको हो । उक्त बसमा भाडा तिर्नको लागि ‘पेमेन्टको यात्रा कार्ड’ लागु गरेको छ । नेपालमा आजभन्दा पहिला युरो ३ का गाडिहरूमा मात्र सञ्चालन भएका थिए । 

बसमा चढेपछि झर्ने बेलामा मात्र भाडा तिर्ने परिपाटी छ यसले जाम बढाउने हुनाले अब चल्ने साझा यातायातमा मानिस चढ्दा खेरी नै यात्रा कार्ड दिने र त्यसबाट नै पैसा काट्ने नियम लागु हुने साझा यातायात सहकारी संस्थाका प्रतिनिधी भुसाल तुलाधरले बताए । 

प्रति बस ३५ लाख खरिद गरेको उक्त शाझा यातायात काठमाडौं भ्याली र  भ्याली बहिर गरि  १२ रूटमा चल्ने भएका छन् । 

यस्ता छन्ः साझा यातायात चल्ने नयाँ रूट
लगनखेल–बर्सपाक रुटः लगनखेल–बर्सपाक रूट अन्तर्गत लगनखेल, जावालाखेल कुपण्डोल, त्रिपुरेश्वर नेपाल, वायुसेवा लैनचौर, लाजिम्पाट पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोक, बसुन्धारा, सामा खुसी, गोंगबु र नयाँ वर्सपार्क सम्म चल्ने छन् । 

लगनखेल–बुढानिलकण्ठः लगनखेल कुपण्डोल, थापाथली नेपाल, वायुसेवा जमल, लैनचौर शिक्षण अस्पताल, नारायणगोपाल चोक, गंगालाल अस्पताल, हात्तीगौडा, चपलि देउवा चोक, बुढानिलकण्ठ सम्म ।

बुंमति–बुढानिलकण्ठः बुंममति भैसीपाटी चारघरे भैंसीपाटी, आवास नख्खु, बागडोल, जावालाखेल, कुपण्डोल, थापाथलीनेपाल, वायुसेवा, जमल लैनचौर शिक्षण अस्पताल, नारायण गोपाल चोक, गंगालाल अस्पताल, हात्तीगौडा, चपली, देउवा, चोक बुढानिलकण्ठ सम्म ।

रत्नपार्क–लामाटारः लामाटार, लुबु, इमाडोल, ग्वार्को सातदोबाटो, लगनखेल, जावालाखेल, कुपण्डोल, त्रिपुरेश्वर नेपाल, वायुसेवा रत्नपार्क

लगनखेल–सादोबाटो–थानकोटः थानकोट, कंलकि खसिबजार, बल्खु, नयाँबाटो धोविघाट, नख्खुचोक एकान्तकुना, थसिखेल, महालक्ष्मिथान, चापागाउँ चोक, सातदोबाटो, लगनखेल सम्म ।

रत्नपार्क–गोदावरीः गोदावरी, हरिसिद्धि, सातदोबाटो, लगनखेल, जावालाखेल, कुपण्डोल, त्रिपुरेश्वर नेपाल, वायुसेवा रत्नपार्क सम्म ।

नयाँ वसपार्क–सुर्यविनायकः सुर्यविनायक, जगाटि, च्यामासिं, कमलपोखरी, व्यासी, दवाकोट चोक, सानोठिम,ि पेप्सिकोला जडिबुटि, कोटेश्वर, माईतिघर, सिंहदरबार शहिदगेट, त्रिपुरेश्वर, कंलिकि, स्वयम्भु, बनस्थली, बालाजु चोक, माछा पोखरी नयाँ वसपार्क, वर्सपार्क माछापोखरी, बालाजु चोक, बनस्थली, स्वयम्भु, कालिमाटी रत्नपार्क संहदरबार, बबरमहल, कोटेश्वर, पेप्सिकोला सानोठिमी, दुवाकोट, नगरकोटचोक, कमलविनायक 

नयाँवसपार्क– कमलविनायकः कमलविनायक, च्यामासिं, जगाटि सुर्यविनायक सल्लाहघारी राधे राधे गठ्ठाघर कौशलटार, लोकन्थलि, जडिबुटि कोटेश्वर नयाँबानेश्वर, माइतिघर, सिंहदरबार, रत्नपार्क, शहिदगेट, त्रिपुरेश्वर, कालिमाटि, स्वयम्भु, नयाँ बसपार्क सम्म ।

नयाँबसपाक–लगनखेलः एयरपोट लगनखेल जावालाखेल पुल्चोक, कुपण्डोल, थापाथलि, माइतिघर, बबरमहल, बानेश्वर, सिनामंगल, एरपोर्ट, गेट आन्तारिक टर्मिनल, अन्तराष्ट्रिय टर्मिनल, एरपोर्ट, गेट, तिलगंगा, गौशाला, जयबागेश्वरी, चाबहिल, सुकेधारा, चपल कारखाना, चण्डोल, नारायणगोपाल चोक, बसुन्धारा, सामाखुशि हुँदै नयाबर्सपार्क सम्म ।

लगनखेल–शहिदगेट–दक्षिणकालिः लगनखेल जावालाखेल, पुल्चोक, थापाथलि, माइतिघर, सिंहदरबार, शहिदगेट, कालिमाटी, कुलेश्वर, वल्खु, टि.यु गेट, चोभार, फर्पिङ दक्षिणकाली सम्म ।

लामो दुरीमा सञ्चालित रूट 
काठमाडौं–बाग्लुङ (रात्रि सेवा) काठमाडौं पोखरा, बाग्लुङ सम्म ।

काठमाडौं–बुटवल भैरवा वेलहिया (रात्रि सेवा) काठमाडौं नारायणगढ, बुटवल, भैरहवा, बेलहिया जस्ता रूटहरूमा साझा यातायात चल्ने भएका छन्  । 

प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले नेपालका ५ सहरमा विद्युतिय बस सञ्चालन र १० वर्ष भित्र अन्य गाडिलाई विस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले भने ‘२५० वर्षको इतिहास बोकेको सरकारले अरू देश अगाडि जाला हामी पछि पर्नुको मुख्य कारण सोच र विचारमा प्रस्ट नभएर हो’  
उनले हामीले अठोट गरेका छौ मुलुकमा सम्वृद्ध बनाउने संकल्प र अठोट गरेका छौ आफुले गरेको अठोट पुरा गरेरै छोड्ने दाबी  समेत गरे । 


 

प्रतिक्रिया दिनुहोस