aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आईपीओ निष्कासनको प्रस्ताव सहित रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ जेठ २०७८
आईपीओ निष्कासनको प्रस्ताव सहित रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा

काठमाडौं । नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले आईपीओ निष्कासनको प्रस्ताव सहित असार ४ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा दिउसो १ बजे सभा बोलाईएको हो । सभा भर्चुअल माध्यमबाट हुनेछ ।  

सभाले आईपीओ निष्कासनको प्रस्ताव सहित अघिल्लो आर्थिक वर्ष ०७५/७६ को  वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथ गत आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्गो लगाउँनेछ । 

साथै सञ्चालक नियुक्तीको विषय अनुमोदन गराउँने कार्यक्रम पनि सभाका लागि तय भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजीको लागि कम्पनीले थप रकम बराबरको आईपीओ विक्री गर्नेछ ।
 
 

प्रतिक्रिया दिनुहोस