aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल लाइफको मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ जेठ २०७८
नेपाल लाइफको मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘सचेत बनौ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो  ।

यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ । यो महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ । 

आफू बाच्ने र अरुलाई पनि बचाउन हामी आफैले सावधानी अपनाउन आग्रह गरिएको छ । भोलीका दिनमा महामारीबाट मुक्त भइ सामान्य अवस्थामा जनजीवन आएपछि फेरी पनि हामी रमाउला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ । भिडियोको अन्त्यमा सचेत बनौ, कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौ भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ ।

सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनले उत्कृष्ठ भिडियो बनेको छ । हालको विषम परिस्थितिलाई यथार्थपरक रुपमा प्रस्तुत गरी शब्दलाई भिडियोमा न्याय दिन सफल भएको छ ।  

पुष्कर महतौँको स्वर, सङ्गीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गर्नुभएको छ । साथै सन्तोष दवाडीले सम्पादन गरेको भिडियो अल थ्री मिडिया घर, बागबजारको पोष्ट प्रोडक्सन रहेको छ । उक्त भिडियो पोष्ट प्रोडक्सन प्रमुख पदम तिमल्सिना रहेका छन् ।  

 

प्रतिक्रिया दिनुहोस