aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

काठमाडौंमा फेरि बर्डफ्लु पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ जेठ २०७८
काठमाडौंमा फेरि बर्डफ्लु पुष्टि

काठमाडौं । काठमाडौंमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार किर्तिपुरका दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागका प्रवक्ता डा चन्द्र ढकालले जानकारी दिए  ।

किर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टि पछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको र थप विवरण आउन बाकी रहेको विभागका प्रवक्ता डा ढकालले आर्थिकन्युज डटकमलाई जानकारी गराए ।

प्रारम्भिक रुपमा करिब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न बुधबार बिहानै देखि प्राविधिक खटिएको उनले बताए । आज बेलुकासम्ममा अन्य स्थानको पनि विवरण आइपुग्ने विभागका प्रवक्ता डा ढकालले जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस