aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्राप्तिको प्रस्ताव पारित गर्न नेपाल फाइनान्स र ललितपुर फाइनान्सले आव्हान गरेको विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ जेठ २०७८
प्राप्तिको प्रस्ताव पारित गर्न नेपाल फाइनान्स र ललितपुर फाइनान्सले आव्हान गरेको विशेष साधारण सभा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेड र ललितपुर फाइनान्स लिमिटेडले प्राप्ती सम्बन्धि प्रस्ताव पारितका लागि एकै दिन जेठ २८ गते विशेष साधारण सभा बोलाएका छन् । 

नेपाल फाइनान्सले केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा विहान ११ बजे र ललितपुर फाइनान्सले केन्द्रिय कार्यालय लगनखेल, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । दुबै कम्पनीले भर्चुअल माध्यममार्फत सभा आयोजना गर्न लागेका हुन ।

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ती गर्न गत पुस २३ गते प्राप्ती सम्बन्धि प्रारम्भिक सम्झौता गरेको थियो । नेपाल फाइनान्सले १ बराबर १ शेयर आदानप्रदान गर्ने सम्झौता बमोजिम ललितपुर फाइनान्सलाई प्राप्ती गर्न लागेको हो । रू. ३० करोड ५५ लाख ५१ हजार चुक्तापूँजी भएकोे नेपाल फाइनान्सले रू. २३ करोड ६८ लाख ७४ हजार चुक्तापूँजी रहेको ललितपुर फाइनान्सलाई प्राप्ती गर्न लागेको हो । यस अघि ललितपुर फाइनान्सलाई प्राइम कमर्सियल बैंकले प्राप्ती गर्ने भएको थियो । 

प्राइम कमर्सियलसँगै उक्त सम्झौता भाडिएपछि नेपाल फाइनान्सले प्राप्ती गर्न लागेको हो । दुबै कम्पनीहरुले विशेष साधारण सभा मार्फत प्राप्ती सम्बन्धि सम्पूर्ण कार्यको जिम्मेवारी सञ्चालक समितिलाई दिन लागेका हुन । विशेष साधारण सभा प्रयोजनका लागि नेपाल फाइनान्सले जेग १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ भने ललितपुर फाइनान्सको शेयर कारोबार भने रोक्का रहेको छ । 

प्रतिक्रिया दिनुहोस