aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा खड्का प्रस्तावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ जेठ २०७८
सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा  खड्का प्रस्तावित

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पवनकुमार खड्कालाई नियुक्त गर्न प्रस्ताव गरिएको छ । कम्पनी सञ्चालक समितिको विहीबार बसेको बैठकले हाल निमित्त प्रमुख कार्यकारी अधिकृत खड्कालाई ४ वर्षका लागि सीईओ नियुक्त गर्न प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सञ्चालक विविक झाले बताए । 

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले दिएको राजीनामापछि खड्का निमित्त सीईओका रुपमा काम गरिरहेका थिए । सीईओमा प्रस्तावित खड्कालाई नियुक्तिको स्वीकृति गर्न बीमा समितिमा पठाइएको उनले बताए । खडका सात महिना अघिमात्र सूर्या लाइफ इन्स्योरेन्समा एक्टिंग सीइओ पदमा कार्यरत थिए । त्यसभन्दा पहिला खड्का नेपाल लाइफमा कार्यरत थिए ।  
 

प्रतिक्रिया दिनुहोस