
बर्दिया । ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापाको कमाण्डमा खटिएको गस्ती टोलिले वेवारिसे गाडी राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।
जिल्ला बर्दिया बाँसगढी नगरपालिका वडा नं. ५ स्थित सडक खण्डको छेउ किनारामा पार्किङ गरी राखेको सिल्भर रंगको बा १४ च ४८ नम्बर लेखिएको अन्दाजी मुल्य १२,००,००० रुपैयाँ बराबरको कार वेवारिसे कार विभागलाई बुझाएको प्रहरीले जनाएको छ । विहीबार थप अनुसन्धानको लागी राजश्व अनुसन्धान क्षेत्रिय ईकाई कार्यालय कोहलपुर बाँकेमा बुझाईएको हो ।
प्रतिक्रिया दिनुहोस