aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मल्टीपर्पस फिनान्स कम्पनीले असार ६ गते बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ जेठ २०७८
मल्टीपर्पस फिनान्स कम्पनीले असार ६ गते बोलायो साधारण सभा

 काठमाडौं । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडको असार ६ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजे सभा बोलाईएको हो ।  सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारीत गर्नेछ । 

साथै आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्नेछन् । साथै आव २०७७/७८ को लागि लेखापरिक्षण गर्नको लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि जेठ २४ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा जेठ २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस