aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कृषिमा ४५ अर्ब ९ करोड बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
कृषिमा ४५ अर्ब ९ करोड बजेट

काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै आगामी वर्षको बजेटमार्फत् कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रूपैयाँ बजेट विनियोजन गरेको बताएका हुन् ।  

त्यस्तै, अर्थमन्त्री पौडेलले कृषि क्षेत्रको अनुसन्धान गर्ने वैज्ञानिकहरुको निकाय नेपाल कृषि अनुसन्धान परिषद नार्कलाई आगामी आर्थिक वर्षमा सरकारले ३ अर्ब बजेट विनियोजन गरेको  बताए । 
 

प्रतिक्रिया दिनुहोस