
काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै आगामी वर्षको बजेटमार्फत् कृषि तथा पशुपंक्षी क्षेत्रका लागि ४५ अर्ब ९ करोड रूपैयाँ बजेट विनियोजन गरेको बताएका हुन् ।
त्यस्तै, अर्थमन्त्री पौडेलले कृषि क्षेत्रको अनुसन्धान गर्ने वैज्ञानिकहरुको निकाय नेपाल कृषि अनुसन्धान परिषद नार्कलाई आगामी आर्थिक वर्षमा सरकारले ३ अर्ब बजेट विनियोजन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस