aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिलगढीमा कृषि थोक बजार स्थापना हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ जेठ २०७८
सिलगढीमा कृषि थोक बजार स्थापना हुने

काठमाडौं । सरकारले जिल्ला सदरमुकाम सिलगढीमा कृषि थोक बजार स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ का लगि अध्यादेशमार्फत आज  आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिल्ला सदरमुकाम सिलगढीमा कृषि थोक बजार स्थापना गर्ने बताए । 

सिलगढीमा कृषि थोक बजार स्थापनाका लागि सरकारले बजेट विनियोजन गरेपछि जिल्लावासी निकै खुशी भएको स्थानीयवासी तथा सञ्चारकर्मी रोजेन्द्र जोशीले जानकारी दिए। यसैगरी सरकारले यहाँको पश्चिम सेती परियोजना, बिपीनगर–दिपायल सुरूङ मार्ग, दिपायलमा वायु गुणस्तर मापन केन्द्र स्थापना तथा प्रमुख पर्यटकीयस्थल खप्तडको विकासका लागि बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस