
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २७ दशमलव ७७ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले जेठ ११ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गरिदिएको हो । अब यो शेयर सम्बन्धीत शेयरधनीहरुले कारोबार गर्न सक्नेछन् ।
कम्पनीले गत चैत ९ गते सम्पन्न १५ औं वार्षिक साधारणबाट उक्त बोनस शेयर पारित गरेको थियो । कम्पनीले ३० प्रतिशत हकप्रद पश्चात कायम चुक्तापूँजी रू. १ अर्ब ३७ करोड ४५ लाख ३ हजारको आधारमा उक्त बोनस शेयर वितरण गरेको हो । बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले १ दशमलव ४६ प्रतिशत नगद लाभांश पनि दिएको छ । यसर्थ शेयरधनीहरुले बोनस शेयरका लागि कर तिर्नुपर्नेछैन् ।
प्रतिक्रिया दिनुहोस