aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

इण्डियन आइडलका जज र होस्टले कति शुल्क लिन्छन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ जेठ २०७८
इण्डियन आइडलका जज र होस्टले कति शुल्क लिन्छन ?

काठमाडौं । फ्रेन्चाइजी रियालीटी शो इण्डियन आइडल कार्यक्रमको होस्ट उदितनारायण झाका छोरा अदित्य नारायण झा रहेका छन् । उनको कार्यक्रम प्रस्तुतिका कारण जजहरु प्यानलको साथसाथ दर्शकहरूको मन जितेका छन । जजहरुमा नेहा कक्कड़, विशाल डडलानी र हिमेश रेशमिया शुरुदेखि नै यस कार्यक्रमको छन् ।

रियालीटि कार्यक्रममा जज गरे बापत यिनीहरुले कति शुल्क लेलान भन्ने चासो सबैलाई हुन सक्छ । बलिउड लाइफका अनुसार नेहा रियालिटी शोमा सबैभन्दा बढी शुल्क लिनेमा पर्छिन । उनले  एक एपिसोडको लागि ५ लाख रूपैयाँ भारु लिन्छिन् । 

त्यस्तै, विशाल डडलानी जो आफ्नो चुडकिलाले सबैलाई खुशी पार्न माहिर छन । एपिसोडको लागि ४.५ लाख रूपैयाँ भारु लिन्छन ।  हिमेश रेशमियाले एक एपिसोडका लागि ४ लाख र शो होस्ट आदित्य नारायणले २.५ लाख रुपैयाँ भारु शुल्क लिन्छन् ।

प्रतिक्रिया दिनुहोस