aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

राधी विद्युतले बोनसपश्चात १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ जेठ २०७८
राधी विद्युतले बोनसपश्चात १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने

काठमाडौं । राधी विद्युत कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको ३६ दशमलव ५ प्रतिशत बोनस शेयर पश्चात कायम चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार ६२२ को आधारमा उक्त हकप्रद शेयर विक्री गर्ने भएको हो ।

कम्पनीको जेग १६ गतेको सञ्चालक समितिको बैठकले १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद विक्री गर्ने निर्णय गरेको हो । 

कम्पनीले हकप्रद शेयरको प्रस्ताव पनि आगामी साधारण सभाबाट पारित गराउँने निर्णय गरेको हो । कोभिडका कारण ढिलाई भएको कम्पनीको १५ औं वार्षिक साधारण सभा यथासिघ्र सम्पन्न गर्ने समेत कम्पनीले जानकारी दिएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सोही पूँजीको आधारमा कर वाहेक उक्त बोनस शेयर वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस