aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एचआईडिसीएलले शतप्रतिशत हकप्रद शेयरका लागि जेठ २८ गते बुक क्लोज गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ जेठ २०७८
एचआईडिसीएलले शतप्रतिशत हकप्रद शेयरका लागि जेठ २८ गते बुक क्लोज गर्ने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) ले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ २८ गते बुक क्लोज गर्ने भएको छ । 

बुक क्लोजको आधारमा जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीले निष्कासनको मिति भने हालसम्म तय गरेको छैन् ।

गत चैत १२ गते हकप्रद निकाष्सनका लागि बोर्डमा निवेदन दिएको कम्नपीले दुई महिनाभित्र स्वीकृति पाएको हो । यस अघि पनि बोर्डमा निवेदन दिएको कम्पनीले लामो समयसम्म आवश्यक कागजात नबुझाएको भन्दै बोर्डले कम्पनीको निवेदन पाइपलाइनबाट हटाएको थियो । कम्पनीले पुनः आवश्यक प्रकृया सहित निवेदन दर्ता गराएको थियो ।

बोर्डले प्रतिकित्ता रू. १०० अंकित दरको १ बराबर १ को अनुपातमा रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासनको लागि अनुमति दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १६ अर्ब ५० करोड रहेको छ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस