
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्ष ०७६/७७ को लागि १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले यस वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको जेठ १७ गतेको सञ्चालक समितिले गरेको यो प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमव ३७ प्रतिशत नगद लाभांश गरी कुल ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस