aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिईडिबि हाइड्रोपावरको आईपीओ कहिले होला नेप्सेमा सूचीकृत ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ जेठ २०७८
सिईडिबि हाइड्रोपावरको आईपीओ कहिले होला नेप्सेमा सूचीकृत ?

काठमाडौं । पछिल्लो समय आईपीओ बाँडफाँट गरी सूचीकृत हुन बाँकी रहेको सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सिडिएस एण्ड क्लियरिङ् लिमिटेडमा सूचीकरणका लागि प्रकृया अघि बढाएको छ । 

सिडिएससीमा सूचीकरण गराएपश्चात आगामी साताभित्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराउने तयारी कम्पनीले गरेको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी सन्राइज क्यापिटलले पुरा गरेको थियो । 

कम्पनीले बैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी बैशाख ३१ गते बाँडफाँट गरेको थियो । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्बसाधारणमा वितरण गरेको हो । 

हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी बाँडफाँट पश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुगेको छ । 

कम्पनीद्वारा प्रबर्धित साङ्गे जलविद्युत आयोजना र राधि जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत आयोजना, दोर्दी १ जलविद्युत आयोजना र रुकुमगाडा जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । 

यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजना प्रबर्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ मा चुक्तापूँजी बृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पु¥याउने प्रक्षेपण गरेको छ । 

आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ । 

सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि रू. १३८ दशमलव ७९ देखि रू. ४१६ दशमलव ३७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि वास्तविक प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको लागि मूल्य तोक्ने गर्दछ ।
 

प्रतिक्रिया दिनुहोस