aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

महँगा कार चढ्ने नेपाली अभिनेत्रीहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
महँगा कार चढ्ने नेपाली अभिनेत्रीहरु

काठमाडौं । पछिल्लो समय नेपाली फिल्म क्षेत्रले पनि ठुलै फड्को मारेको देखिन्छ । नेपाली कलाकारहरुले लाइफस्टाइल र रहनसहनले पनि यो कुरा पुष्टि गर्छ ।

देशमा मात्र नभइ विदेशमा पनि नेपाली कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेबापत राम्रै कमाइ गर्दै आइरहेका छन् । कुनै समय आवतजावतका लागि स्कुटर वा ट्याक्सीको प्रयोग गर्ने गरेका अभिनेत्रीहरु आज कारमा सवार हुन थालेका छन् ।

कला क्षेत्रबाट पनि राम्रो कमाइ हुन्छ भन्ने कुरा यसले देखाएको छ । 

झरना थापा

पछिल्लो समय फिल्म निर्माणमा हात हालेकी झरना थापाले प्रयोग गर्दै आइरहेको कार टेरियोस हो । यो कारको बजार मुल्य ५९ लाख छ ।

रेखा थापा

फिल्म निर्मात्री तथा अभिनेत्री रेखा थापाले प्रयोग गर्दै आइरहेको कार हो भक्सवागन हो । यस कारको बजार मुल्य धन्नै ४७ लाख रहेको छ । 

शिल्पा पोखरेल

नेपाली फिल्ममा छवि लामिछानेसँग प्रेम सम्बन्धका कारण प्रायजस्तो चर्चामा आइरहेकी अभिनेत्री पछिल्लो समयकी व्यस्त अभिनेत्री पनि हुन् । उनले भक्सवागन पोलो कार प्रयोग गर्दै आइरहेकी छिन् । उनको यो कारको मुल्य ३० लाखभन्दा माथि रहेको छ । 

प्रियंका कार्की

नेपाली फिल्मकी व्यस्त अभिनेत्री हुन् प्रियंका कार्की । उनले पछिल्लो समय चढ्दै आइरहेको कार हो जेस्ट । यसको बजार मुल्य ३५ लाखभन्दा बढी रहेको छ । 

सञ्जिता लुँइटेल

अभिनेता निखिल उप्रेतीकी श्रीमती तथा अभिनेत्री सञ्जिता आज पनि नेपाली फिल्म सक्रिय रहेकी छिन् । दुई सन्तानकी आमा उनी क्रेटाको कार रहेको छ । यसको मुल्य धन्नै ६० लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस