aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

होण्डाको बहु प्रतिक्षित ३५० सीसीको  रेट्रो लुक्स आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ जेठ २०७८
होण्डाको बहु प्रतिक्षित ३५० सीसीको  रेट्रो लुक्स आउँदै

काठमाडौं  ।  नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनिले बहु प्रतिक्षित होण्डाको सीबी ३५० डीएलएक्स  लाई चाँडै नेपाली बजारमा लन्च गर्ने भएको छ । 

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोन ३ विभिन्न रङ्गहरुमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

 रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित लिड हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच्  डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् । 

प्रतिक्रिया दिनुहोस