aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० जेठ २०७८
अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँट

 काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले विक्री गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले बैशाख ६ गतेदेखि जेठ २ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । उक्त अवधिसम्म रितपूर्वक आवेदन दिने २२ हजार ७०६ जना शेयरधनीहरुलाई ४८ लाख ४ हजार ३१३ कित्ता हकप्रद शेयर जेठ १८ गते बाँडफाँट गरेको हो । 

कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातको प्रतिशेयर रू. १०० अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । कम्पनीको ४ लाख ३६ हजार ८८४ कित्ता हकप्रद शेयर भने विक्री हुन सकेको छैन् । वितरण हुन नसकेको उक्त हकप्रद शेयर अव कम्पनीले लिलामी प्रकृयाबाट विक्री गर्नेछ । 

यो हकप्रद शेयर विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पुरा गर्नेछ । हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर विक्री गरेको हो । हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५२ करोड २४ लाख भन्दा बढी पुग्नेछ ।

 कम्पनीले २०७७ चैत ८ गतेसम्म कायम शेयरधनीहरुका लागि यो हकप्रद शेयर विक्री गरेको हो । बाँडफाँट पश्चात कम्पनीको हकप्रद शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत हुनेछ । सूचीकृत पश्चात पनि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस