काठमाडौं । डाइटरी सप्लीमेन्ट खाद्य पदार्थको उत्पादन दर्तामा नयाँ आर्थिक बर्ष देखि कडाई गर्ने भएको छ । खाद्य पदार्थ उत्पादन तथा आयात गर्नु पूर्व आहारपुरक खाद्य पदार्थ शाखाका अनुसन्धान विभागले तोकिएको ढाँचामा उत्पादन दर्ता प्रमाणपत्र जारी गर्नुे पर्ने छ ।
उत्पादन दर्ता गर्न तोकिएको ढाचाँमा निवेदन साथ नियमावलीको नियम २८ मा अनुज्ञापत्र जारी दस्तुर बमोजिम उत्पादन दर्ता लाग्ने लाग्ने व्यवस्था पनि गरेको छ ।
उत्पादन दर्ता नविकरण नियमावलीको नियम ३१ अनुज्ञापत्र वहाल रहने अवधि र नवीकरण बमोजिम विवरण खुलेको कागजात संलग्न गराए उत्पादन दर्ता गर्न सजिलो हुने आहारपुरक खाद्य पदार्थ शाखाका अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बताए । उनले भने स्वदेशी उत्पादनको हकमा भने उतपादन दस्तुर नलाग्ने बताए ।
डाइटरी सप्लीमेन्ट खाद्य पदार्थको उत्पादन दर्ताका लागि
कस्ता मानिसलाई आवश्यक छ डाइटरी सप्लीमेन्ट
डाइटरी सप्लीमेन्टले साधारणतया मानिसको खानपानमा थप पोषक तत्वहरुको पूर्तिका लागि प्रयोग हुने खाद्य पदार्थ रहेको छ ।
यस खाद्यले कावोहाइड्रेड, चिल्लो पदार्थ, फ्याट्री एसिड, भिटामिन खनिज तत्व वा खनिजतत्व समिश्रण, प्रोटिन एमिनो एसिड वा इन्जाइम अन्य पोषक तत्वहरु वनस्पति तथा प्राणीजन्य स्वास्थ्यवद्र्धक लाभदायक पदार्थहरु वा मानव शरिरमा क्रियात्मक भुमिका हुने फाइदाजनक पदार्थहरु सम्मिलित गरी स्वरुप परिर्वतन गरिएका पाउडर गे्रनुल, ट्याब्लेट, क्याप्सुल झोल, जेली फ्लेक्स, बार जस्ता स्वरुपका भएका र मुखबाट मात्र सेवन गर्न सकिन्छ ।
यो विशेष गरी कम तौल भएका, मोटोपन घटाउन, मधुमेह, उच्च रक्तचाप आदि जस्ता निश्चित किसिमका शारिरीक अवस्था वा गहुँमा हुने ग्लुटिन पचाउन नसक्ने जस्ता विशेष किसिमले प्रशोधन वा समिश्रण गरिएका अन्यत्र केहि उल्लेख गरिएको अवस्थामा बाहेक चिकित्सक वा विशेषज्ञको सल्लाह विना पनि सेवन गर्न सकिने खाद्य पदार्थ सामान्य स्वास्थ्य वा पोषण अवस्था सुधार गरिने पोष्टिक तत्व रहेको छ ।
प्रतिक्रिया दिनुहोस