aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

भारतमा ग्यास कम्पनीको शेयर मूल्य एक वर्षमा १३ गुणाले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ जेठ २०७८
भारतमा ग्यास कम्पनीको शेयर मूल्य एक वर्षमा १३ गुणाले वृद्धि

एजेन्सी । शुक्रबार अदानी टोटल ग्यासको कुल बजार क्याप १.८१ लाख करोड भारु भएको छ । एक समयमा शेयर बजारमा सूचीकृत सबै ग्यास कम्पनीहरूको बजार क्याप ४० हजार करोड भारुभन्दा कम थियो । यस हिसावले अदानी टोटल ग्यासको स्टकले लगानीकर्तालाई एक वर्षमा १३ गुणासम्म फाइदा दिएको छ । 

तथ्यांकका अनुसार पछिल्लो ४ दिनमा मात्रै अडाणीको ग्यास कम्पनीको ३० प्रतिशतले बढेको छ । एक महिनामा यो ११८० बाट बढेर १६८० पुगेको छ । जबकि एक बर्षमा १२५ रुपैयाँ भारुबाट बढेर १६८० रुपैयाँ भारु पुगेको छ । यस कम्पनीको शेयरले केवल एक महिनामा ५० प्रतिशत फाइदा दिएको छ । प्रत्येक दिन ग्यास कम्पनीको शेयरले नयाँ रेकर्ड बनाइरहेको छ । 

यस अवधिमा सूचीकृत ग्यास कम्पनीहरूमध्ये महानगर ग्यास लिमिटेडको बजार ११,६४२ करोड भारु मार्केट क्याप रहेको छ ।  शुक्रबार गुजरात पेट्रोलिय कर्पोरेसन(जीएसपीएल)को बजार क्याप ४० हजार ६५२  करोड रहेको छ भने पेट्रोनेट लिक्यूइफाइ नेचुरअल व्यास(एलएनजी)को बजार क्याप ३६ हजार ७५० करोड भारु पुगेको छ । त्यस्तै, इन्द्रप्रस्थ ग्यासको बजार क्याप ३६ हजार ४२८ रुपैयाँ भारु रहेको छ । 

प्रतिक्रिया दिनुहोस