aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

काभ्रेपलाञ्चोकमा सबै भन्दा धेरै २ सय २१ मेट्रिक टन कफी उत्पादन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
काभ्रेपलाञ्चोकमा सबै भन्दा धेरै २ सय २१ मेट्रिक टन कफी उत्पादन

काठमाडौं । केन्द्रिय तथ्याङ्गक विभागले व्यवसायिक कफीखेतीको सर्वेक्षण २०७५/७६ को नतिजा मंगलबार सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको कफी खेतीको उत्पादन तथ्याङ्क अनुसार सबै भन्दा बढि काभ्रेपल्लाञ्चोक जिल्लामा भएको छ । 

नेपालको ८ सय मिटर उचाइदेखि १६ सय मिटर उचाइसम्मका मध्य पहाडी ३२ जिल्लाहरू पूर्वमा इलाम र ताप्लेजुङ्ग देखि पश्चिममा अर्घाखाँची र प्युठानसम्म व्यावसायिकरूपले कफीखेती गरेको पाइएको छ । 

७७ जिल्लामध्ये हालसम्ममा ३२ जिल्लामा मात्र व्यावसायिक कफी खेती गरिएको तथ्याङ्कले देखाएको छ ।  ३२ जिल्लामा ६,३४६ कृषक ÷व्यवसायीकहरूले ९७३ हेक्टर जमिनमा व्यावसायिक कफीखेती गरी वार्षिकरूपमा १ हजार ५ सय ७३ मे.ट फ्रेस चेरी उत्पादन गरेको विभागले जनाएको छ । 

जिल्लागत रूपमा हेर्दा क्षेत्रफलको आधारमा सबै भन्दा धेरै काभ्रेपलाञ्चोक जिल्लामा रहेको छ काभ्रेपलाञ्चोक जिल्लामा १०४.३ हेक्टर जग्गामा कफी खेती गरीएको छ । ९ सय ४३ कृषि फार्म रहेको काभ्रेमा ६५.५ हेक्टर क्षेत्रफलमा फल लाग्ने कफीका बोट रहेका छन् । त्यसैगरी ललितपुर जिल्लामा ९६.३ हेक्टर र स्याङजामा ९४.१ हेक्टरमा कफीखेती गरेको पाइन्छ । 

उत्पादनको आधारमा सबै भन्दा धेरै काभ्रेपलाञ्चोक जिल्लामा २२१ मे.ट स्याङजामा १५८ मे.ट, सिन्धुपालञ्चोकमा १ सय ४१ मे.ट उत्पादन भएको पाइन्छ । सर्वेक्षणले देखाएअनुसार ९ सय ७३ हेक्टर जमिनमा वार्षिक १५ सय ७३ मेट्रिक टन फ्रेस चेरी उत्पादन हुन्छ । 

कफी उत्पादनको आधारमा काभ्रेमा २ सय २१ मेट्रिक टन, स्याङ्जामा १ सय ५८ मेट्रिक टन र सिन्धुपाञ्चोकमा १ सय ४१ मेट्रिक टन कफी उत्पादन भएको छ । कफी कृषकको संख्याको आधारमा भने काभ्रेमा ९ सय ४४, सिन्धुपाल्चोकमा ७ सय ५३ र स्याङ्जामा ७ सय ८ रहेको छ । 

सर्वेक्षणले व्यावसायिक कफीखेती प्रदेश नम्बर १, ३, ५ र गण्डकी प्रदेशमा मात्र भएको बताएको छ । प्रदेश अनुसार सबैभन्दा धेरै प्रदेश नम्बर ३ सबैभन्दा धेरै व्यावसायिक कफी खेती गरिएको हो । प्रदेश ३ मा २ हजार ७ सय ५८ व्यवसायीहरुले ४२३.४ हेक्टर क्षेत्रफलमा ७५७.८ मेट्रिक टन फे्रस चेरी उत्पादन गर्दै आएको छ भने प्रदेश १ मा ५ सय ६९  कृषकले १२०.५ हेक्टरमा १०३.६ मेट्रिक टन, गण्डकी प्रदेशमा १८ सय ७२ कृषकले २ सय ८१.४ हेक्टर क्षेत्रफलमा ४२२.४ मेट्रिक टन र प्रदेश ५ मा ११ सय ४८ कृषकले १४७.२ हेक्टरमा २८९.७ मेट्रिक टन फे्रस कफी उत्पादन गर्दै आएका छन्  । 

काभ्रेमा लगाइएको १ लाख ५२ हजार ८१ बोट कफीले १०४.३ हेक्टर क्षेत्रफलमा वार्षिक २ लाख २१ हजार ९ सय ७ किलो फ्रेस चेरी उत्पादन हुँदै आएको छ । 
कफीखेतीको लागि गरिएको  सालवसाली खर्च मध्ये विरूवा खर्चमा २५ लाख ६३ हजार खर्च भएको छ । मल खरिदमा २८ लाख ७२ हजार र अन्य खरिदमा ९१ लाख ७७ हजार र तलव ज्यालामा २ करोड ७९ लाख ३७ हजार खर्च भएको तथ्याङ्ग विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस