aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मल्टीपर्पस फिनान्सले साधारण सभाका लागि सोमवार बुक क्लोज गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ जेठ २०७८
मल्टीपर्पस फिनान्सले साधारण सभाका लागि सोमवार बुक क्लोज गर्ने

काठमाडौं । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडले असार ६ गते आव्हान गरेको २३औं वार्षिक साधारण सभाका लागि जेठ २४ गते सोमवार एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ २३ गते आइतवार सम्म शेयर कायम गर्नुपर्ने भएको हो ।

कम्पनीको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजे सभा बोलाईएको हो । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्नेछन् । 

साथै आव २०७७÷७८ को लागि लेखापरिक्षण गर्नको लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीले सभाका लागि लाभांश प्रस्ताव भने गरेको छैन् । 

हाल कम्पनीको चुक्तापूँजी रू. ४० करोड रहेको छ भने जगेडा कोष रकम रू. ४ करोड ६७ लाख ३८ हजार रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू.३ अर्ब ५ करोड ३८ लाख ७८ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव ८ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस