aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नागरिक लगानी कोषले बोलायो साधारण सभा, १७.८९ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ जेठ २०७८
नागरिक लगानी कोषले बोलायो साधारण सभा, १७.८९ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नागरिक लगानीक कोषले असार १८ गते २६औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । कम्पनीको जेठ २१ गतेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्न सभा आव्हान गरेको हो ।

सभा कोषको केन्द्रिय कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा दिउसो २ बजे हुनेछ । यस वर्ष कोषले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र ८ दशमलव ८९ प्रतिशत नगद लाभांश गरी कुल १७ दशमलव ८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

हाल कोषको चुक्तापूँजी रू. १ अर्ब ६४ करोड ६ लाख ९९ हजार रहेको छ । सोही पूँजीको आधारमा कोषले लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि कोषले असार ८ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । 

कोषले यस वर्ष वितरण गर्न लागेको लाभांश हालसम्मकै कम हो । पछिल्लो पाँच आर्थिक वर्षको लाभांशलाई फर्केर हेर्दा कोषले २३ प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको छ । त्यस अघिको वर्षहरुमा आर्थिक वर्ष ०६९/७० मा कोषले हालसम्मकै उच्च ५० प्रतिशत बोनस शेयर र २ दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल ५२ दशमलव ६३ प्रतिशत लाभांश दिएको थियो । अघिल्ला दुई आर्थिक वर्षमा भने कोषले एउटै अनुपातमा अर्थात २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको छ । 

कोषले यस वर्ष गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर विक्री गरेको छ । उक्त अवधिमा विक्री हुन नसकेको शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने कार्यलाई पनि कोषले पुरा गरिसकेको छ । कोषले गत फागुन २१ गतेदेखि चैत चैत २ गतेसम्म सर्वसाधारण तर्फको ३ लाख ५४ हजार १५० दशमलव शून्य ५ कित्ता अवितरित हकप्रद शेयर विक्री गरी चैत १४ गते बाँडफाँट गरेको हो । 

प्रतिक्रिया दिनुहोस