aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर असार ३ गतेदेखि लिलामीमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ जेठ २०७८
समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर असार ३ गतेदेखि लिलामीमा आउने

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर असार ३ गतेदेखि लिलामीमा आउने भएको छ । कम्पनीले मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । 

न्यूनतम मूल्य रू. १०० तोकिएको उक्त शेयर खरिदका लागि असार १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै बैंक अफ काठमाडौंको विराटनगर,वीरगंज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ्ग, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगढीको शाखा कार्यालयबाट पनि बोलपत्र प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।
 

प्रतिक्रिया दिनुहोस