aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

बहु प्रतिक्षित होण्डा सीबी ३५० डीएलएक्स अब नेपालमा, मूल्य कति होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ जेठ २०७८
बहु प्रतिक्षित होण्डा सीबी ३५० डीएलएक्स अब नेपालमा, मूल्य कति होला ?

काठमाडौं ।  नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले बहु प्रतिक्षित होण्डाको CB 350 DLX नेपालमा सार्वजनिक गरेको छ । स्याकार ट्रेडिङ्ग कम्पनी का अध्यक्ष सौरभ ज्योतिद्वारा यूटुबमा प्रिमियर गरिएको एक भिडियो मार्फत यस बाइकलाई सोमबार  नेपाली बजारमा सार्वजनिक गरिएका थिए । 

नेपालमा होण्डाको CB मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस CB 350 DLX ले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त छ । ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । 

मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङ्गहरुमा उपलब्ध छ । रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित LED हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच्  डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् । नेपाली बजारमा यस CB 350 DLX को मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस