
काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले असार १९ गते बिहिबार विशेष साधारणसभामा पेश गर्ने गरि आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.००६ गरि कुल २०.१२४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
३ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले तीन करोड ४० लाख कित्ता सेयरको १५ प्रतिशत अर्थात ६०८ लाख कित्ता आईपीओ जारी गर्दैछ । ७५० रुपैयाँ प्रतिकित्ता हुने गरी यसले आईपीओ जारी गर्ने कम्पनीको तयारी छ । बुक बिल्डिंग विधिबाट आइपीओ ल्याउन तयारीमा सार्वोत्तम सिमेन्टको बोनस घोषणासँगै कम्पनीमा अझ लगानीकर्ताको आकर्षण बढ्ने देखिन्छ ।
सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनका लागिग्लोबल आईएमई क्यापिटल लिमिटेड, सहायक बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस