aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सर्वोत्तम सिमेण्टले लाभांश प्रस्ताव सहित बोलायो विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ जेठ २०७८
सर्वोत्तम सिमेण्टले लाभांश प्रस्ताव सहित बोलायो विशेष साधारण सभा

काठमाडौं । सर्वोत्तम सिमेण्ट लिमिटेडले असार १० गते विशेष साधारण सभा बोलाएको छ । तिनकुने स्थित न्यौपाने टावरको तेस्रो तलाको हलमा विहान ११ बजे कम्पनीले सभा बोलाएको हो । 

कम्पनीले चुक्तापूँजी बृद्धि गरी संस्थापक र सर्वसाधारण शेयरधनीहरुको बिचको पूँजीको अनुपात मिलान गर्न लागेको हो । हाल कायम चुक्तापूँजी ३ अर्ब ४० करोड रुपैयाँको आधारमा १९ दशमलव ११८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर वापत १ दशमलव ००६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव सभाका लागि कम्पनीले तय गरेको छ ।  

कम्पनीको जेठ २५ गतेको सञ्चालन समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको थियो । यस कम्पनीले बुक विल्डिङ विधिबाट सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको छ । गत माघ २ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाट कम्पनीले आईपीओ विक्रीको प्रस्ताव पारित गरेको थियो । 

आईपीओ विक्रीका लागि कम्पनीले चैत ४ गते विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको थियो । त्यस्तै सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले नेपालको धितोपत्रको इतिहासमै पहिलो पटक लागू भएको यस विधिबाट ६० लाख कित्ता आईपीओ सर्र्वसाधारणमा जारी गर्न लागेको हो । कुल कित्तामध्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारी सहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने कम्पनीको तयारी हो ।

कम्पनीको आईपीओ पश्चात ४ अर्ब रुपैयाँ पुग्नेछ । आईपीओको अंकित मूल्य १०० रुपैयाँ भएपनि बुक विल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरुको मूल्याङ्कनका आधारमा शेयरमूल्य तय हुनेछ । 

कम्पनीले आन्तरिक मूल्याङ्कन गर्दा प्रतिकित्ता ७५० रुपैयाँ भन्दा बढी मूल्य कायम हुनेमा विश्वास व्यक्त गरेको छ । व्यवसायिक उत्पादन सुरु गरेपछिनै नाफा कमाउँदै आएको र विगत तीन वर्षको औषत मुनाफा बार्षिक १ अर्ब ४ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस