aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

महालक्ष्मी लाइफको प्रिमियम तिर्न ढिला भयो, चिन्ता नगर्नुहोस जरिवना लाग्दैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ जेठ २०७८
महालक्ष्मी लाइफको प्रिमियम तिर्न ढिला भयो, चिन्ता नगर्नुहोस जरिवना लाग्दैन

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा लाग्ने जरिवाना शुल्कमा छुट पाइने भएको छ । कम्पनीले महामारीका कारण जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्न ढिला भएको ग्राहकलाई लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरेको हो ।

कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ रहेका थिए । र, बीमितहरुको यहि समस्यालाई मध्यनजर गर्दै सो छुट दिएको छ। कम्पनीले विहीकार सार्वजनिक गरेको सूचना अनुसार २०७८ असार मसान्तभित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई विभिनन छुट दिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस