aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शतप्रतिशत हकप्रदपछि  एचआईडिसीएलको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ जेठ २०७८
शतप्रतिशत हकप्रदपछि  एचआईडिसीएलको शेयरमूल्य समायोजन

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शेयरमूल्य समायोजन गरेको छ । कम्पनीको शतप्रतिशत हकप्रद शेयर प्रयोजनका लागि शुक्रवार बुक क्लोज गरेकाले नेप्सेले मूल्य समायोजन गरेको हो । 

कम्पनीको बिहीवार कायम अन्तिम मूल्य रू. ५८८ को आधारमा मूल्य समायोजन गरी हकप्रद पछिको मूल्य रू. ३४३ तोकेको हो । आइतवार समायोजनपछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोबार सुरु हुनेछ । बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले निष्कासन गर्ने शतप्रतिशत हकप्रद शेयर खरिद गर्न पाउनेछन् । 

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । निष्कासन मिति भने कम्पनीले हालसम्म तय गरेको छैन् । गत चैत १२ गते हकप्रद निकाष्सनका लागि बोर्डमा निवेदन दिएको कम्नपीले दुई महिनाभित्र स्वीकृति पाएको हो । यस अघि पनि बोर्डमा निवेदन दिएको कम्पनीले लामो समयसम्म आवश्यक कागजात नबुझाएको भन्दै बोर्डले कम्पनीको निवेदन पाइपलाइनबाट हटाएको थियो । कम्पनीले पुनः आवश्यक प्रकृया सहित निवेदन दर्ता गराएको थियो । 

बोर्डले प्रतिकित्ता रू. १०० अंकित दरको १ बराबर १ को अनुपातमा रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासनको लागि अनुमति दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १६ अर्ब ५० करोड रहेको छ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस