aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आइएमई लाइफको आइपीओ निष्कासनको प्रस्ताव सहित भोलि साधारणसभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० जेठ २०७८
आइएमई लाइफको आइपीओ निष्कासनको प्रस्ताव सहित भोलि साधारणसभा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सोमबार जेठ ३१ गते तेस्रो वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश सभाबाट पारि गर्ने छ । कम्पनीको कार्यालय लैनचौर काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट सभा हुने कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । 
 
हाल यसको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्ने तयारी गरेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस