aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेण्ट बैंकद्वारा हकप्रद शेयरका लागि बोर्डमा निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० जेठ २०७८
शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेण्ट बैंकद्वारा हकप्रद शेयरका लागि बोर्डमा निवेदन

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । दुबै कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेका हुन । 

शिखर इन्स्योरेन्सले १० बराबर ३ को अनुपातमा रू. ५२ करोड ७५ लाख ५७ हजार २०० बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता र एक्सेल डेभलपमेण्ट बैंकले १० बराबर ३ को अनुपातमा रू. २४ करोड ३३ लाख ३६ हजार २६७ दशमलव ४२ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका हुन । 

यसका लागि शिखरले जेठ २५ गते र एक्सेल डेभलपमेण्ट बैंकले जेठ २७ गते बोर्डमा निवेदन दिएका हुन । दुबै कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस