
काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इलेक्ट्रिक भिएकल (EV) विद्युतीय गाडीको क्षेत्रमा ठूलो कदम चालिरहेको छ । नेपालमा, हुन्डाईसँग हाल इलेक्ट्रिक सवारीमा KONA र IONIQ नामक दुई मोडलहरू छन् ।
बजार भित्रिएको छोटो अवधिमा नै यी दुवै मोडेलहरूलाइ नेपाली अटो उत्साहीहरूले सकारात्मक समीक्षाका साथ स्वागत गरेका थिए र यी अहिले पनि उत्तिकै रुचाइने मोडेलहरू हुन् । अटोमोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय गाडीको क्षेत्रमा एकदम सम्भावना देखेको छ र आफ्नो ईभी गाडीहरुको विक्री बढ्नेमा कम्पनीले दावी गरेको छ ।
इलेक्ट्रिक सवारी प्रयोग गरी वातारण संरक्षणमा सहयोग गर्ने एक प्रभावकारी तरिका हो । सरकारले पेश गरेको गत बजेटमा विद्युतीय सवारी साधनमा थप शुल्क लगाइएको कारण मूल्य अत्यन्तै बढेको थियो । यद्यपि, हालै आ.व. २०७८–७९ को लागि प्रस्तुत गरिएकोे बजेटमा विद्युतीय सवारीहरुमा कर घटाइएकोले हुन्डाईका विद्युतिय गाडीहरुको शुल्क पनि घटेको बताएको छ । यस कारण उपभोक्ताहरू विद्युतीय सवारीप्रति आकर्षित र उत्साही हुने हुन्डाईको विश्वास रहेको छ ।
हाल Hyundai KONA -100 kW battery को मूल्य रु ५६.९६ लाख, Kona -150 kW batteryको मूल्य रु ७१.९६ लाख र क्ष्इल्क्ष्त्त (ज्ञण्ण् प्ध दबततभचथ को मूल्य रु ५७.९६ लाख रहेको कम्पनीले जनाएको छ ।
हुन्डाईले नेपालका विभिन्न भागमा हालसम्म २१ वटा चार्जिङ पोइन्टसहरूको स्थापना गरेको छ । यी चार्जिङ पोइन्टसहरूमा हुन्डाई गाडीका उपभोक्ताहरूलाई निःशुल्क सवारी साधन चार्ज गर्न प्राथमिकता हुनेछ तथापि अन्य ब्राण्डका इभी गाडीहरुका लागि चार्जिङ शुल्क चार्जिङ ठाउँहरू अनुसार फरक हुन सक्नेछ ।
एलआइ अटो सर्भिस कुपण्डोल ललितपुर, एलआइ क्यूक्स तिनकुने काठमाडौं, लविम महल पुलचोक, ललितपुर, न्यु शिव सर्भिस, सिनामंगल काठमाडौं, हुण्डाइ सेल्स सर्भिस नक्साल, हुण्डाइ सेल्स सर्भिस थापाथलीमा चार्जिङ स्टेसनहरु रहेका छन् । त्यस्तै, बराही सर्भिस सेन्टर पोखरा, विद्या सर्भिस सेन्टर पोखरा, पोखरा ग्याण्डी रिसर्ट पोखरा, वटर फ्रन्ट पोखरा, जगाती मोटर्स भैरहवा, सिद्धि विनायक सर्भिस वुटबल र न्यु राइडर सर्भिस दाङ चार्जिङ स्टेसन स्थापना भएका छन् ।
त्यस्तै, हिम इन्टरकन्टेनेल्टन नेपालगञ्ज, दिनेश फोर विल धनगढी, अर्चिड मोटो कप विरगञ्ज, रोयल अटो वल्र्ड विराटनगर, पाथिभरा अटो लिंक इटहरी, विनाकल्स सर्भिस सेन्टर भद्रपुर झापा र अलायन्स मोटर्स विर्तामोडमा चार्जिङ स्टेसन स्थापना भएका छन् ।
ईभीका लागि पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतालाई नजरमा राख्दै कम्पनीले आफ्ना मूल्यवान ग्राहकहरूलाई सहज सुविधा दिन नेपालका विभिन्न भागमा थप चार्जिङ स्टेशनहरू निर्माण गर्ने योजना बनाइरहेको छ कम्पनीले जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस