
काठमाडौं । मनोहरा नदीमा बन्दै गरेको बेलिब्रिजको काम अन्तिम चरणमा पुगेको र दशैंदेखि सञ्चालनमा आउने सडक डिभिजन कार्यलयले जनाएको छ ।
अत्याधिक सवारी चापका कारण घण्टौं लाईन बस्नु पर्ने बाध्यता भएकोले भक्तपुरबाट काठमाडौं भित्रिने नाका जडिबुटी–लोकन्थली जोड्ने मनोहरा खोलामा बेलिब्रिज सञ्चालनमा ल्याउन लागेको हो ।
मनोहरा नदीको दोभानमा २४.३८ मिटरको बेलिब्रिजको निमार्ण कार्य दशै अघि नै सक्ने सडक डिभिजन कार्यलयका प्रवक्ता सुरेन्द्र कार्कीले बताए ।
जडिबुटीको बेलिब्रिज निमार्णको लागि १ करोड २१ लाख रूपैयाँ लाग्ने डिभिजन कार्यलयले जनाएको छ ।
सडक डिभिजन कार्यलयले असार मसान्त सम्मा २ अर्ब ७ करोडको बजेट सक्नुपर्ने छ । तर हाल सम्म सम्पूर्ण कामको लागि १ अर्ब ४४ करोड २१ लाख ५० हजारको बजेटको काम सम्पन्न भएको छ ।
जडिबुटीको बेलिब्रजमको काम राति हुने गर्दछ दिउसोको समयमा ट्रार्फिक हाई भएर काम गर्न नसन्ने कार्किले बताए । काम अन्तिम चरणमा पुगेको र २÷४ दिन पछि काम बन्द हुने कार्कीकोे भनाई छ ।
हनुमन्ते नदी तथा मनोहरा नदीमा स्थायी पुल निर्माणका प्रक्रियामा रहेका छन् । ती दीर्घकालीन योजना पूर्णरुपमा सञ्चालनमा नआउञ्जेल अस्थायीरुपमा बालकुमारीदेखि हनुमन्ते–मनोहरा हुँदै अरनिको राजमार्गसम्म जोड्नको लागि यो बेलिब्रिज बनाउने प्रक्रियामा अघि बढेको डिभिजन कार्यलयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस