aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

युनियन र सानिमा लाईफ इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि बोर्डमा दिए निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ असार २०७८
युनियन र सानिमा लाईफ इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि बोर्डमा दिए निवेदन

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । दुबै कम्पनीले आईपीओ निष्काशनको लागि जेठ ९ गते बोर्डमा निवेदन दिएका हुन ।

युनियन लाइफ इन्स्योरेन्सले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता र सानिमा लाईफ इन्स्योरेन्सले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि निवेदन दिएका हुन । दुबै कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । 

युनियन लाईफ इन्स्योरेन्स कम्पनीको हाल रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । युनियन लाईफ इन्स्योरेन्सको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ । त्यस्तै सानिमा लाईफ इन्स्योरेन्सको हाल रू. १ अर्ब ४० करोड रहेको छ ।

 सानिमा लाईफले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्ने त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ । दुबै कम्पनी नयाँ बीमा कम्पनीको रुपमा सञ्चालनमा रहेका हुन । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्न आईपीओ जारी गर्न लागेका हुन ।
 

प्रतिक्रिया दिनुहोस