aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रिलायन्स लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ असार २०७८
रिलायन्स लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

काठमाडौं । रिलायन्स लाइफले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । रिलायन्स लाइफले कोभिड १९ को विषम परिस्थितिमा आफ्ना ग्राहक वर्गको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी यस्तो छुट ल्याएको हो । 

जसमा ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको २०७८ साल असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । 

उक्त फाईदा आफ्ना ग्राहकले यस विषम परिस्थितिमा पूर्ण रुपमा लिनेछन् भन्ने कम्पनीको विश्वास रहेको कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस