aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिन्धुपाल्चोकको बाढीबाट नेशलन हाइड्रोमा क्षति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ असार २०७८
सिन्धुपाल्चोकको बाढीबाट नेशलन हाइड्रोमा क्षति

काठमाडौ । सिन्धुपाल्चोको मेलम्ची र इन्द्रावतीमा आएको बाढीका कारण नेशनल हाइड्रो पावर कम्पनीको विद्युत प्रसारण लाइनमा क्षति पुगेको छ । 

प्रसारण लाइनका चारवटा पोलमा क्षति पुगेको कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । उनले भने, ‘पावर हाउसमा पुगेको क्षति पानी कम नभसम्म नदेखिएपनि विद्युत प्रसारण लाइनका तीन वटा पोल पूर्णरुपमा क्षति भइसकेका छन् भने अर्को पोल पनि लगभग ढल्ने अबस्थामा रहेको खबर पाएका छौं ।’

दुइ दिनदेखि लगातार परेको पानीका कारण उक्त जलविद्युत कम्पनीको पावर हाउस पुरै जलमग्न रहेका कारण पावर हाउस बन्द रहेको कम्पनीको अध्यक्ष कुमार पाण्डेले बताए । 

विद्युत गृह पूर्णरुपमा बन्द भएकाले पावर हाउसको अबस्थाका बारेमा जानकारी छैन उनले भने । तर, पोलको क्षति भने ठूलो नै देखिएको उनले बताए । उनले भने, ‘अब पोल गाढेको स्थानबाट खोलो बगिरहेकाले पानी रोकिएपछि पनि सोहि स्थानमा पोल गाढ्न सकिने सम्भावना भने कम रहेको देखिन्छ ।’

मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रबाट कैयौँ मानिसहरू विस्थापित भएको र सातजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
 

प्रतिक्रिया दिनुहोस