aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक तर्फको शेयर स्वामित्व घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ असार २०७८
सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक तर्फको शेयर स्वामित्व घट्यो

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक तर्फको शेयर स्वामित्व घटेको छ । कम्पनीले संस्थापक तर्फको २२ लाख ६२ हजार ८९४ दशमलव ५ कित्ता शेयर सर्वसाधारणमा परिणत गरेसँगै संस्थापक तर्फको स्वामित्व कम भएको हो । 

यस अघि ७० प्रतिशत रहेको कम्पनीको संस्थापक तर्फको शेयर स्वामित्व १० प्रतिशत घटेर ६० प्रतिशतमा झरेको छ । संस्थापक तर्फको उक्त शेयर सर्वसाधारणमा परिणत भएपछि सर्वसाधारण तर्फको शेयर स्वामित्व ४० प्रतिशत कायम भएको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २६ करोड २८ लाख ९५ हजार रहेको छ । यस वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले चुक्तापूँजी बढाएको हो ।

कम्पनीको माघ ५ गते सम्पन्न १२औं वार्षिक साधारण सभाले शेयर संरचना परिवर्तन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको थियो । दोस्रो बजारमा कम्पनीको सर्वसाधारण तर्फको शेयरमूल्य बिहीवार रू. ९९९ कायम भएको छ । 
 

प्रतिक्रिया दिनुहोस