
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १९औं स्थगित वार्षिक साधारण सभा असार ६ गते हुने भएको छ । सभा बिहान ११ बजे होटल इच्छा प्राइभेट लिमिटेड सिमरा बारामा हुने भएको हो । सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
साथै सभाले ८ प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्ता पूँजीमा कम्पनीको संस्थापक शेयरधनीको समूहमा ६० प्रतिशत को शेयर स्वामित्व र सर्वसाधारणको ४० प्रतिशत रहेकोमा संस्थापक शेयर स्वमत्वि ५१ प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत बढाइ ४९ प्रतिशत मा परिणत गर्ने विशेष प्रस्ताव रहेको छ । बैशाख १८ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछ । यस अघि कम्पनीले जेठ २ गते साधारण सभा आयोजना गरेकोमा कोरोना महामारीका कारण स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस