
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । शनिवार प्राधिकरणले सूचना जारी गरेको सूचनामा काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्दु हुने जनाएको हो ।
आज शनिबार दिउसो बानेश्वर वितरण केन्द्र, चावहिल सब वितरण केन्द्र अन्तर्गतको जोरपाटी फीडरबाट विद्युत प्रवाह रोकिँदा चावहिल चोकदेखि जोरपाटी चोकसम्मको बायाँ भाग, एवन पार्टी प्यालेस, चावहिल चोक, टुसाल, बौद्ध, बौद्ध पिपल, आम्दा, भेनस स्कुल लगायतका स्थानमा दिउँसो १ बजेदेखि साँझ ५ बसेसम्म विद्युत आपूर्ति बन्द रहेन जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस