aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

२४०१ जना नयाँ कोरोना संक्रमित थपिए, वैदेशीक रोजगारमा जानेका लागि नयाँ सूचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०५ असार २०७८
२४०१ जना नयाँ कोरोना संक्रमित थपिए, वैदेशीक रोजगारमा जानेका लागि नयाँ सूचना

काठमाडौं । पछिल्लो २४ घण्टामा  ११ हजार ६ सय ९६ परिक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।  गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख १९ हजार ६३५९पीसीआर० र २५ हजार ५७४ ९एन्टिजेन० जना पुगेको छ । यस्तै हालसम्म ५ लाख ५३ हजार ३४२ जना संक्रमण मुक्त हुदा मृतकको कुल संख्या ८ हजार ६७५ पुगेको छ । 

त्यस्तै, वैदेशीक रोजगारीमा जानेका लागि पीसीआर परिक्षणका लागि कुनै पनि नयाँ प्रयोगशाला नतोकिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जनाएको छन् । 

मन्त्रालयका अनुसार हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज,ग्राण्डी, नेशनल मेडिकल कलेज रहेका छन् । 

 त्यस्तै, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुर र  स्टार  रहेका छन् । 

प्रतिक्रिया दिनुहोस