aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित, दुई जना नयाँ सञ्चालक निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ असार २०७८
प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित, दुई जना नयाँ सञ्चालक निर्वाचित

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको उन्नाइस औं वार्षिक साधारण सभाबाट लाभांश पारित गरेको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको उन्नाईसौं वार्षिक साधारण सभाबाट ८ प्रतिशत बोनस शेयर र ०.४२ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित गरेको हो ।  साविक १ अर्ब २ करोड  ६४ लाख ३२ हजार चुक्ता पूँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६०  हुने कम्पनीले जनाएको छ ।

निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको उन्नाईसौं वार्षिक साधारण सभा २०७८ साल असार ०६ गते  होटेल ईच्छा  सिमरा, बारामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत २ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ जसमा सञ्चालक शैलेष संघई,  र  अनिता रायमाझी टण्डन निर्विरोध निर्वाचित भएका छन । सञ्चालकहरुलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस