aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

मंलबारदेखि पठाओ, टुटल पनि चल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ असार २०७८
मंलबारदेखि पठाओ, टुटल पनि चल्ने

काठमाडौँ । सरकारले असार ७ गतेदेखि निषेधाज्ञालाई खुकुलो पारेर आर्थिक गतिविधिलाई ब्युँताउने निर्णय गरे सँगै पठाओ लगायतका राइड सेयरिङ सेवाहरू पनि नियमित हुने भएका छन् । पठाओका अनुसार उनीहरूले यस्तो सेवा सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गर्ने छन्। 

सरकारले जोर बिजोर गतेको आधारमा निजी सवारी सञ्चालन गर्न दिने भएपछि यस्ता राइड सेयरिङ सेवा दिने कम्पनीहरू समेत सेवा सुचारु गर्ने तयारीमा लागेका हुन्। 

पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेतले भने, "उपत्यकामा निजी सवारीलाई जोर-बिजोर प्रणाली लगाएर निषेधाज्ञा खुकुलो गरेपछि हामी पनि अब सेवा थाल्ने निर्णयमा पुगेका छौँ।" 

उनले अगाडी थपे, "हामी स्वास्थ्य मापदण्ड पुरा गर्दै सेवा दिन्छौँ। हालको अवस्थाबारे सचेत छौँ।" ।

सार्वजनिक सवारीलाई भने सरकारले अझै पनि सञ्चालनमा रोक लगाएको छ।  यस्तो बेला पठाओ, टुटल जस्ता राइड सेयरिङ सेवाबाट आम नागरिकले सुलभ राहत सेवा पाउने पठाओले विश्वास गरेको पनि उनले बताए।   

प्रतिक्रिया दिनुहोस