aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

हुन्डाई प्यालिसेड नेपाल भित्रियो, मूल्य कति छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ असार २०७८
हुन्डाई प्यालिसेड नेपाल भित्रियो, मूल्य कति छ ?

काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्राएको छ । प्यालिसेड ७ सीटर प्रिमियम एसयूभी हो  । कम्पनीका अनुसार यो कार छिट्टै नि आधिकारीक रूपमा सार्वजनिक हुनेछ  । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो । 

नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ जसले २०० पीएस पावर तथा १७५०(२७५० आरपिम  टर्क उत्पादन गर्ने कम्पनीले दावी गरेको छ । 

यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यो एसयूभीको शुरूआती मूल्य २ करोड रुपैयाँ पर्ने कम्पनीले अनुमान गरिएको छ । नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुने छ ।
 

प्रतिक्रिया दिनुहोस