
काठमाडौं । एसियन लाफइ इन्स्योरेन्स कम्पनीले वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङमा ५१ प्रतिशत शेयर लगानी गरेको छ । सोमबार भएको एक कार्यक्रम वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङबीच शेयर लगानीसम्बन्धी सम्झौता भएको छ ।
उक्त शेयर लगानी सम्झौतामा एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्टका तर्फबाट अध्यक्ष सचिन सिलवालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडमा एसियन लाफइ इस्योरेन्सको शेयर लगानी ५१ प्रतिशत रहन भएको छ । वेल्थले हाल लगानी व्यवस्थापन र निक्षेप सेवा(डिपी)को काम गरिहेकोमा भविष्यमा नियमक नियकाबाट स्विकृति लिइ अन्य मर्चेन्ट बैंकिङ सेवा पनि प्रदान गर्ने कम्पनीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस