aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

६० करोडको आइपिओ निष्कासनका लागि आइ.एम.ई.लाइफ इन्स्योरेन्सले पायो 'ट्रिपल बि' रेटिङ्ग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ असार २०७८
६० करोडको आइपिओ निष्कासनका लागि आइ.एम.ई.लाइफ इन्स्योरेन्सले पायो 'ट्रिपल बि' रेटिङ्ग

काठमाडौं । आइ.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँछ । 

कम्पनीले रु. ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासनका लागि रेटिङ्ग गराएको हो । रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्त भए सँगै अव कम्पनीको प्राथमिक शेयर निष्कासनको प्रक्रिया अघि बढ्ने भएको छ । 

कम्पनीले १२० वटा शाखा कार्यालयबाट बिमीतहरुलाई सेवा प्रदान गर्दै आईरहेकोे छ । साथै कम्पनीमा १८ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्ध रहेका छन् । कम्पनीले नवीनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको वेब साइट र मोबाइल एपमा राखिएको च्याट बक्स मार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुने विविध सेवा तथा सूचनाहरू प्रदान गर्दै आएको छ ।

आइ.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले चार वर्ष अगाडि जीवन बिमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आइएमइ बैक, आइएमइ ग्रुप लगायत ठुला प्रतिष्ठित व्यावसायिक समूहहरूको लगानी रहेको छ । 

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । प्राथमिक शेयर निष्कासन पछि संस्थापक सेयर धनीहरूको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस