aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत नगद लाभांश वितरण सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ असार २०७८
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत नगद लाभांश वितरण सुरु

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते पारित गरेको ५ प्रतिशत नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले जेठ १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामै नगद लाभांश जम्मा गरेको जानकारी दिएको हो । 

उक्त मिति पश्चात बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक गराउने भएकाले हालसम्म बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथासिघ्र गराउन समेत कम्पनीले भनेको छ ।

कम्पनीले जेठ १३ गतेसम्म बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खाता हुवहु नभई नगद लाभांश प्राप्त नगर्ने शेयरधनीहरुले कम्पनीको शेयर रजिष्ट्रार कार्यालय एनआईबिएल एस क्यापिटल लिमिटेडमा सम्पर्क राख्न भनेको छ । जेठ १३ गतेसम्म आफ्नो शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको नगद लाभांश भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र बैंक खातामा जम्मा हुने समेत कम्पनीले प्रष्ट पारेको छ । 

कम्पनीले यस वर्ष कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । ५ प्रतिशत नगद लाभांशसँगै कम्पनीले ५ प्रतिशत बोनस शेयर समेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएपश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुने जानकारी कम्पनीले गराएको छ । 

प्रतिक्रिया दिनुहोस