
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीकोे असार ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को वितरणयोग्य मुनाफा र शेयर प्रिमियमबाट हाल कायम चुक्तापूँजीको आधारमा १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस