
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार ढुंगेल नियुक्त भएका छन् । कम्पनीको जेठ २७ गतेको सञ्चालक समितिको बैठकले ढुंगेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । यस अघिका प्रमुख कार्यकारी अधिकृत किरण कुरमा श्रेष्ठले पदबाट राजिना दिएसँगै रित्त पदमा खुला प्रतिस्पर्धाबाट ढुंगेल नियुक्त भएका हुन ।
ढुंगेल नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशकबाट अवकाश प्राप्त कर्मचारी समेत हुन । रसुवा जिल्लामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले जलविद्युत क्षेत्रका अनुभवि ढुंगेललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस